प्रिय इट हेप्पीका साथीहरु,

2023 भरि तपाईंहरुको अथक समर्पण र कडा परिश्रमको लागि धन्यवाद।

हाम्रो टोलीलाई बलियो र सफल बनाउन तपाईंहरू प्रत्येकले महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। तपाईंहरु हाम्रो कम्पनीको हृदय हुनुहुन्छ, र हामी तपाईंहरुलाई हाम्रो परिवारको सदस्यको रूपमा पाएकोमा गर्व गर्दछौं।

फेब्रुअरी १०, २०२४ मा हामी चिनियाँ लुनार नयाँ वर्ष मनाउँदैछौं। 2024 ड्र्यागनको वर्ष हो। यहाँहरु सम्पूर्णलाई  लुनार नयाँ वर्षको शुभकामना! ड्र्यागनले धेरै सकारात्मक गुणहरूको प्रतीक जनाउँदछ, यसले तपाईंहरुको भाग्यमा, स्वास्थ्यमा र बुद्धिमा सकारात्मक उर्जा दिन्छ। यो नयाँ वर्ष नयाँ सुरुवात र प्रगतिको लागि सेट गरिएको छ। सौभाग्यवश, शक्तिशाली ड्र्यागनको ऊर्जा र अपार जोशले हामीलाई कुनै पनि अवरोधहरू पार गर्न मद्दत गर्दछ।

यो ड्र्यागनको उर्जा र जोश हो जसले हामीलाई हाम्रो इट ह्याप्पी उचाइमा पुर्‍याउँछ जुन हामीले हाम्रो यस वर्षको लक्ष्य राखेका छौं। यो वर्ष जोशका साथ काम गर्ने छौं। हाम्रा कर्मचारीहरूको “जोश” अद्वितीय छ र हामीलाई यसले उत्साहीत बनाउँछ। जब हामी जोश र समर्पणका साथ काम गर्छौं, हामी पसलमा सकारात्मक वातावरण सिर्जना गर्न सक्छौं र हाम्रा ग्राहकहरूलाई पनि प्रेरित गर्न सक्छौं।

अतुलनीय टिमवर्क र तपाईंहरुले हामीलाई अहिलेसम्म राख्नुभएको विश्वासको लागि धन्यवाद ।

लुनार नयाँ वर्षको उपलक्ष्यमा तपाईं र तपाईंको परिवारको सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं!

नयाँ चन्द्र वर्षको शुभकामना साथै सु-स्वास्थ्य र दिर्घायुको कामना !!!

भवदीय,

Natascha Tessmann

Play Video

Select your Language